हेटौंडा – बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज दुई वटा अध्यादेश जारी गरेका छन् ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश निजामती सेवाको गठन,संचालन र सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहको सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको प्रदेश प्रमुखको कार्यालय उपसचिव एंव प्रवक्ता कृष्णप्रसाद आर्चायले जानकारी दिए ।
