प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

थाहानगर वडा स्तरीय फुटबल: उपाधिको लागि वडा नम्बर १ र ३ भिड्ने

२०८० माघ १३, शनिबार ०७:१७ बजे

थाहानगर – थाहा नगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि आज शनिबार वडा नम्बर १ र ३ भिड्ने भएका छन् । खेलकुद बिकास समिति थाहा ९ चितलाङका अध्यक्ष अमर सिंह ठकुरीका अनुसार शुक्रबार वडा नम्बर ३ र ७ बिच भएको सेमिफाइनल चरणको पहिलो खेलमा वडा नम्बर ३ बिजयी भएको थियो ।

थाहा नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ९ खेलकुद विकास समितिको व्यवस्थापनमा बुधबारदेखि सुरु भएको थाहा नगरपालिका वडास्तरीय फुटबल प्रतियोगितामा शनिबार दिउँसो वडा नम्बर १ र ३ बिच फाईनल खेल हुने आयोजकले जनाएको छ ।

शुक्रबारको पहिलो सेमिफाइनल खेलमा निर्धारित समयमा गोल रहित बराबरी भएपछि ट्राईबेकरमा ४–३ गोल अन्तरले वडा नम्बर ३ फाईनल प्रबेश गरेको थियो । त्यस्तै सेमिफाइनल चरणको दोस्रो खेलमा वडा नम्बर १ बिजयी भएको थियो । वडा नम्बर १ र ११ बिच भएको खेलमा निर्धारित समयमा गोल रहित बराबरी भएपछि ट्राईबेकरमा ७–६ गोल अन्तरले वडा नम्बर १ फाईनल प्रबेश गरेको थियो ।

प्रतियोगितामा बिजेता टिमले नगद १ लाख र उपबिजेता टिमले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी र पुरस्कारको व्यवस्था भएको आयोजकले जनाएको छ ।