प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

२०८१ भाद्र २, आईतबार ०८:१७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहनगरपालिका वडा नम्बर–९ धाप स्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ ।

मयुरधापबाट हेटौडा बजार तर्फ आउदै गरेको बागमती प्रदेश ०३–००५ प २४३ नम्बरको मोटरसाइकलले स्थानीय रामचन्द्र अर्यालका छोरा ५ वर्षिय सिभांस अर्याललाई बाटो छेउमा हिडिरहेको अबस्था ठक्कर दिई घाईते भई उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।