प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा स्कुटरले पैदल यात्रीलाई ठक्कर दियो

२०७९ पौष १७, आईतबार ०४:३४ बजे


हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ क्याम्पाडाँडामा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको छ ।

कान्ति लोकपथ सडकखण्ड अन्तर्गत शनिबार राति हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश २ ०३–००१ प ६२७८ नम्बरको स्कुटरले पैदलयात्री १८ वर्षिय जय महतलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

स्कुटरको ठक्करबाट घाइते भएका महतको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

महतलाई ठक्कर दिएर दुर्घटना भएको स्कुटर चालक हेटौंडा–६ पुतली बजार बस्ने २० वर्षीय रुपेश घिमिरे गम्भीर घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचारपछि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।