हेटौंडा – मकवानपुर घरजग्गा व्यवसायी संघले घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । संघले मंगलबार जग्गा वर्गीकरणको निर्णय कार्यन्वयन गर्ने सम्वन्धमा आलटाल गरेको भन्दै आन्दोलन घोषणा गरेको थियो ।
जग्गा वर्गीकरण विषयलाई हेटौंडा उपमहानगरपालिकाले चुनाव सकिएलगतै कार्यपालिका बैठक बसेर कार्यान्वयनमा ल्याउने मौखिक आसवासनपछि ओन्दोलनको कार्यक्रम फिर्ता भएको हो । बुधबार उद्योग बाणिज्य संघ मकवानपुरमा पत्रकार सम्मेलन आयोजना गरी घरजग्गा ब्यवसायी संघका अध्यक्ष घ्रुब घिमिरेले आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी दिए ।
सरकारले देशभरको ७५३ वटै स्थानीय तहमा जग्गा बर्गिकरण गरेर मात्रै विक्री बितरण गर्न पत्राचार गरेको थियो । यसकारण सर्वसाधारणले आफुसंग भएको मध्ये केही अंश जग्गा विक्री गर्न समेत पाएका छैनन । त्यसको अवधि आगामी मंसिर २१ गतेसम्म रहेको छ ।
पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कुमार गुप्ता (अग्रवाल), वडा नं.१ का वडाअध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।