हेटौंडा – बागमती प्रदेश सरकारले मन्त्रालय अन्तर्गतको बजेट बाँडफाड हचुवाको भरमा गरेको पाईएको छ । प्रदेशले आफ्नै राजधानी हेटौंडा उपमहानगरपालिकालाई नगरपालिका बनाएर हुँदै नभएको वडा र खोलामा पुल बनाउन बजेट छुट्याएको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले हेटौंडा उपमहानगरलाई नगरपालिका बनाएर वडा नं.२० र २२ लाई मोटरबाटोसंग जोड्न कर्रा खोलामा पुल निर्माणका लागि १ करोड बजेट विनियोजन गरेको छ ।
जबकि हेटौंडा २०७४ सालदेखि उपमहानगर भएको थियो भने यहाँ १९ वटा मात्रै वडा रहेका छन् । हेटौंडाको कर्रा खोला वडा नं.१८,१७,१६,६,५,४,७,८,९ र १० हुँदै त्रिवेणीस्थित राप्तिखोलामा मिसिन्छ ।
त्यसैगरी हेटौंडा उपमहानगरपालिका जनप्रतिनिधिहरुलाई थाहा छैन, हेटौंडा उपमहानगरपालिका क्षेत्र नं.३ कहाँ छ र त्यहाँ पोखरेनी कुकरेनी नाम गरेको खोला पनि छ भनेर । तर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले हेटौंडा उपमहानगरपालिका क्षेत्र नं.३ को पोखरेनी कुकरेनीमा पुल निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको छ ।

त्यहाँका स्थानीयहरु पोखरेनी कुकरेनी कहाँबाट बँसाई सरेर आयो भन्दै व्यङग्य गरेका छन् । प्रदेश सरकारको योजनागत बजेट बाँडफाँड ब्यापक त्रुटि देखिन्छ । बुझ्नै नसकिने र दुई अर्थी समेत छन् ।
आमभञ्ज्याङ गाविस र गढी गाविस अस्तित्वमै छैनन्, तर आमभज्याङ गाविस–३ र गढी गाविस–७ जोड्ने पुल निर्माणका लागि सिमलटार र सामरी दुई वटा नाम दिएर ५० लाख छुट्याएको छ ।
यो बजेटको कार्यान्वयनको जिम्मा पूर्वाधार विकास कार्यालय चितवनको रहेको छ । उक्त कार्यालयले हुँदै नभएको वडा र खोला खोजेर पुल निर्माण कसरी गर्छ, त्यो भने हेर्न बाँकी छ ।
कहाँ, कहाँ त्रुटि छ हेर्नुहोस