हेटौंडा - मकवानपुरको चित्लाङदेखि काठमाडौंको थानकोटसम्मको चित्लाङ-थानकोट सडक बन्द हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चित्लाङ-थानकोट सडक मर्मतका लागि राति ८ बजेदेखि बिहान ६ बजेसम्मका लागि बन्द हुने भएको हो ।
सडक मर्मतका लागि बिहिबारदेखि सवारी आवागमन अनिश्चितकालीन बन्द गरिएको प्रवक्ता कार्कीले बताए । मर्मत कार्य सम्पन्न भएपछि मात्र आवागमन सुचारु हुने उनले बताए ।