हेटौंडा - मकवानपुरमा चट्याङ लागेर दुईजना घाइते भएका छन् । घाइते हुनेमा मनहरी गाउँपालिका ८ सिमपानी स्थित श्री महेन्द्र माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १५ बर्षीय बालिका र राक्सिराङ गाउँपालिका ४ का ३५ बर्षीय टीकाराम मोक्तान रहेका छन ।
मङ्गलबार दिउँसो ३ बजेतिर चट्याङ लागेर विद्यालयबाट घर फर्कदैँ गरेकी १५ बर्षीय बालिका घाइते भएकी हुन । उनको अवस्था मध्यम रहेको र मनहरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
दिउँसो ३ः३० बजेतिरको समयमा चट्याङ लागेर घाइते भएका मोक्तानको प्राथमिक स्वास्थ्य केन्द्र राक्सिराङ लगिएको प्रहरीले जानकारी दिएको छ ।