हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.२ धवाडीपुलमा मोटरसाइकल दुर्घटना हुँदा नाबालिका छोरी र आमाको मृत्यु भएको छ भने बाबु गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलको पछाडी सवार मकवानपुरगढी गाउँपालिका वडा नं.२ बस्ने ३४ बर्षीया रुपा स्याङतान र उनकी ५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
गम्भीर घाइते भएका रुपाकी श्रीमान मोटरसाइकल चालक ३५ बर्षीय भिम बहादुर स्याङतानको उद्धार गरी हेटौंडा अस्पताल ल्याईएकोमा थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको प्रवक्ता भण्डारीले बताए ।
उनका अनुसार सुकौराबाट कान्तिलोकपथ तर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नं.को मोटरसाइकल बिहिबार दिउँसो १ बजेको समयमा आफै अनियन्त्रित भएर धवाडीपुल छेउमा दुर्घटना भएको भएको हो । मोटरसाइकल सडकबाट करिब १२ मिटर तल खसेको थियो ।