प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

लागुऔषध सहित दुई जना पक्राउ

२०७९ आश्विन १८, मंगलबार १०:५३ बजे

हेटौंडा – पर्वतमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पर्वतको कुश्मा नगरपालिका–७ दुर्लुङग चोक बस्ने ३५ वर्षीय लुपेन्द्र पुन र नवलपरासी सुनौल नगरपालिका–७ बस्ने ३३ वर्षीय विक्रम राना मगरलाई पक्राउ गरेको हो ।

उनीहरुलाई नियन्त्रित लागूऔषध डाइजेपाम ४९ एम्पुल, नोर्फिन ४९ एम्पुल र फनारगन ४९ एम्पुल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पुनको घरमा अवैध लागूऔषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले कोठामा लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।