प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सह–महामन्त्री ‘डिना’का श्रीमान राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा नियुक्त

२०७९ आश्विन १४, शुक्रबार ११:१० बजे

हेटौँडा – नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का श्रीमान दिनेश उपाध्याय राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले पाँच सदस्यीय सञ्चालक समितिको अध्यक्षमा उपाध्यायलाई नियुक्त गरेको हो ।

नेपाली कांग्रेस मकवानपुरका नेतासमेत रहेका उपाध्यायलाई नेपाल सरकारले नियुक्त गरेको हो । उपाध्यायले आफूलाई सरकारले ४ वर्षको कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त गरेको बताए ।

चार वर्षको कार्यकालमा बीमा क्षेत्रमा रहेका समस्या समाधान गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उनको भनाई छ । पाँच सदस्यमध्ये अहिले अध्यक्ष मात्र नियुक्त भएको र बाँकी सदस्यहरु छिट्टै टुंगो लागेपछि काम सुरु गर्ने उनले बताए ।