प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

भिरबाट लडेर भुजेलको मृत्यु

२०७९ कार्तिक १७, बिहीबार ०६:१२ बजे

हेटौंडा – सिन्धुली कमलामाई नगरपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । स्थानीय २९ वर्षीय गम्भिर भुजेल भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भुजेल केही दिनदेखि बेपत्ता भएका थिए । उनको आफन्तहरुले खोजतलाश गर्दै जाने क्रममा कमलामाई–९ स्थित भँडारे भिरबाट अन्दाजी ३०० मिटर तल खसेको अवस्थामा मृत अवस्थामा फेला परेका बामगती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उक्त भिर निजको घरबाट अन्दाजी १ किलो मिटर पश्चिम तर्फ रहेको छ । यस घटनाबारे आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।