प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका थोकर र गोले प्रहरीको फन्दामा

२०७९ चैत्र १८, शनिबार ०६:१८ बजे

हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९, नेवारपानी चोकबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१९ बस्ने वर्ष अन्दाजी २२ को सुशिल थोकर र उक्त अटोमा सवार सोही स्थान बस्ने वर्ष अन्दाजी २३ को सुमन गोले रहेका छन् ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले बिहीबार राति गोले र थोकरलाई २ किलो गाँजा सहित पक्राउ गरेको हो । गुम्बाचोकबाट हेटौंडा बजारतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ह १८९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा लुकाईछिपाई राखेको उक्त लागुऔषध गाँजा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुबैलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।