प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक जना घाइते

२०८० श्रावण १५, सोमबार १५:०४ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१ मा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिंदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मनहरी गाउँपालिका–२ पलासे घर भई हेटौंडा उपमहानगरपालिका वडा नं.१ चौकिटोल बस्ने ५३ बर्षीय लाल बहादुर मोक्तान रहेका छन् । 

त्रिभुवन राजमार्ग अन्तर्गत हेटौंडा बजारबाट चौकिटोलतर्फ जाँदै गरेको ना १८ प २२३१ नम्बरको मोटरसाइकलले आइतबार राती मोक्तानलाई ठक्कर दिएको हो । ठक्करबाट उनको टाउकोमा चोट लागेको छ भने अवस्था मध्यम रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । 

उनलाई तत्काल उद्धार गरी हेटौंडा अस्पतालमा लगिएकोमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।