हेटौंडा - मकवानपुरको बकैया गाउँपालिका-३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बागमती गाउँपालिका-१ का प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार भएको छ ।
मकवानपुरको बागमतीबाट प्रदेश २-००३-००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका बोम्जनमाथि सिन्धुलीको हरिहरपुरगढी-६ मा बोम्जनमाथी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकलमा सवार रहेका बोम्जनमाथी गोली प्रहार गरेको हुन । उनलाई सर्लाहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि विरगंज लगिएको बताईएको छ । गोली प्रहार गर्ने ब्यक्तिहारुको खोजी कार्य भैइरहेको प्रहरीले जनाएको छ ।