हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका–२ तिनथुम्केमा आगलागीबाट गोठ जलेर नष्ट भएको छ । शनिबार साँझ स्थानीय सरस्वती अधिकारीको खरको छानो भएको गोठमा आगलागी भएको हो ।
सुन्दरी सामुदायिक बन निजगढबाट सल्किदै आएको डडेलोको कारण अचानक खरको छानो भएको गोठमा आगो सल्किदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयम मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीमा परी गोठमा भएको दूई वटा गोरु, एक वटा बाच्छी जलेर मरेका छन् भने मानविय क्षति भएको छैन । गोठमा लागेको आगो स्थानीय वासीको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट दुई लाख बराबरको क्षति भएको छ ।