प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका थिङमाथि खुर्पा प्रहार, मोक्तान र रुम्बा प्रहरीको नियन्त्रणमा

२०७९ भाद्र १२, आईतबार १३:२२ बजे

हेटौंडा – मकवानपुरमा खुर्पा प्रहारबाट एक जना घाइते भएका छन् । जिल्लाको मनहरी गाउँपालिका-४ मसिने बस्ने अन्दाजी ७२ बर्षिय तुलराम थिङमाथि स्थानीयले खुर्पा प्रहार गरेका हुन् ।

थिङलाई सामन्य विबादमा स्थानीय ४० वर्षीय गोबिन्द मोक्तानले धारिलो हतियार(खुर्पा)ले टाउकोमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

घाइते भएका थिङको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने खुर्पा प्रहारमा गर्ने गोविन्द मोक्तान र घट्नामा संलग्न भएको भन्ने बुझिएकोले स्थानीय १७ वर्षीय रोज रुम्बालाई पक्राउ गरिएको कार्कीले बताए ।