प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा कुलोमा १८ महिने बालकको ज्यान गयो

२०८१ आश्विन १८, शुक्रबार ०८:३९ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६, प्रतापपुरमा घर नजिकैको कुलोमा डुबेर एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिनाको बालक सामुयल प्रजा रहेका छन् ।

प्रजा घरनजिकै खेल्नेक्रममा ५० मिटर टाढा रहेको कुलोमा डुबिरहेको अवस्थामा फेला परेका थिए । बालकलाई उपचारका लागि मनहरी अस्पतालमा ल्याएकोमा उपचारको क्रममा चिकित्सकले मृत्त घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।