हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिकामा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका–३ डाडागाउँ बस्ने २८ वर्षीय कपिल बिष्ट र हेटौंडा उपमहानगरपालिका–५ बस्ने २९ वर्षीय प्रेम प्रसाद गौतम रहेका छन् ।
हेटौंडा उपमहानगरपालिका–५ पिप्लेस्थित एक स्थानीयको घरमा कोठा भाडामा लिएर लागुऔषध कारोबार गरेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले आईतबार बिष्टको कोठामा खान तलासी गरेको थियो ।
उनको कोठाबाट लागुऔषध कोडिवेल ३४ बोत्तल र नाईट्राभेट ट्याबलेट ९ वटा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले लागुऔषध कारोबार संलग्न रहेको भन्दै सोही कोठामा बस्ने गौतमलाई पनि नियन्त्रणमा लिईएको हो ।
लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।