प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरगढीमा सार्वजनिक सुनुवाइ, विपद्का घटनाबाट बचाउन स्थानीयको आग्रह

२०८१ बैशाख २७, बिहीबार २०:११ बजे

हेटौंडा – सम्वन्धमा जनपत्र मिडिया प्रा।लि। हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा स्थानीय स्तरमा हुने गरेको आगलागी, चट्याङ्, बाढी, पहिरो जस्ता विपद्का विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ भालुखोलामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागि स्थानीय वासिन्दाहरुले अब हुने गरेका विपद्बाट जोगाउनका लागि बागमती प्रदेशका सांसद, मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिहरुसंग आग्रह गरेका छन् । मकवानपुरगढीमा हेटौंडाको शिवम सिमेन्ट र हेटौंडा सिमेन्ट उद्योगको खानीमा जथाभावि रुपमा उत्खनन् गरेका कारण पनि बाढी पहिरोका घटना बढ्दै गएको स्थानीय टिका दाहालले गुनासो गरे । बिशेषगरी मकवानपुरगढीको बुङदल, सोलिथुमको चुहार लगायतका क्षेत्रमा निकै चट्याङका घटना हुने गरेको सहभागिहरुको गुनासो छ । बिच खोलामा निर्माण हुन लागेको पुल समयमानै नबन्दा पनि बर्षायाममा भेलले गाउँलाई असर गर्ने मकवानपुरगढी ५ का अर्जुन न्यौपानेले बताए ।

आगालागी, वन डढेलो जस्ता सवालमा व्यवस्थापनको सवाल नै प्रमुख हो–मन्त्री थपलिया
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगालागी, वन डढेलो जस्ता सवालमा व्यवस्थापनको सवाल नै प्रमुख रहेको बताए । सार्वजनिक सुनुवाइ कार्यक्रमलाई संबोधन गर्दै उनले वन जोगाउन हिजो जनतामा जुनप्रकारको जतन÷चासो देखिन्थ्यो आज त्यो नरेको बताए । अहिलेको अवस्थामा दैवि प्रकोपबाट जोगाउने विषयमा बेवास्ता बढेकोले चुनौति बढेको उनले बताए ।

उनले भने–‘निययन्त्रणको लागि अब सचेतना बढाउनुको अर्को विकल्प छैन । पर्या–पर्यटनालाई जोगाउनु पर्छ । यसमा जनताको चासो र चिन्ता चाहिन्छ । पहिरो नियन्त्रण संभव छ । यि सवालहरुमा विज्ञसँग छलफल गरेर आगामी बजेटबाट सम्बोधन गर्न प्रदेश सरकार तयार छ ।’

विपद्बाट बचाउँदै जिउधनको सुरक्षा गर्ने काम जनप्रतिनिधिको हो– वन मन्त्री पोखरेल
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशब प्रसाद पोख्रेलले विपद्बाट बचाउँदै जिउधनको सुरक्षा गर्ने काम जनप्रतिनिधिको रहेको बताए । अहिलेको यो सार्वजनिक सुनुवाइ कार्यक्रम उचित समयमा उचित भएको बताए । अहिले बजेट र योजना बनाउने बेलामा जनताको गुनासा सुन्न पाउनु भनेको योजनालाई समेट्न सजिलो हुनु रहेको बताए । उनले भने–‘जनताको ज्यू धनको सुरक्षा हामी जनप्रतिनिधिहरुको कर्तव्य हो । बन्नेवाला योजनामा जनगुनासाहरुलाई समेट्न कोशिस गरिनेछ ।’ आगालागी नियन्त्रणको लागि पूर्वतयारी आवश्यक भएको आभाष हामीले पनि गरेको मन्त्री पोख्रेलले बताउनुभयो । प्रदेशको कुल भुभागको ५३ प्रतिशत जनिम वनले ढाकेको वताउँदै उनले भने–‘वनलाई आर्यआर्जनसँग जोड्न र वनको काठ प्रयोग गर्न प्रदेश सरकारले यसअघि ९चैत्र २० गते० नै स्वदेशी काठमात्रै प्रयोग गर्ने निर्णय गरिसकेको छ । वनमा डढेलो लाग्नै नदिन र वनलाई जनजीविकासँग प्रदेश सरकारलाई दबाब पुगेको छ । स्थानीय समूह, स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारको समन्वयमा यस्ता विपद रोक्नको लागि सहकार्य गर्नुपर्छ ।’

वनमा वन डढेलोले मानवीय क्षतिको समेत जोखिम बढेको छ– प्रदेश सभा सदस्यः भारती पाठक
बागमती प्रदेशसभाका सदस्य भारती पाठकले वन डढेलोले मानवीय क्षतिको समेत जोखिम बढेको बताइन् । सार्वजनिक सुनुवाइ कार्यक्रममा बोःलै उनले भनिन्–‘वन डढेको आवश्यक पनि छ तर अहिले व्यवस्थापनको कमजोरी र सिपको अभावनको कारण वन डढेलो विपद बन्न पुगेको हो ।’ वनमा डढेलो लाग्न नदिन सचेत हुनु भन्दा लार्पवाही बढी हुन थालेको प्रदेश सांसद पाठकले बताइन् । यसको बारेमा बहस हैन पूर्व तयारी आवश्यक रहेको बताइन्। वनको काठ, जडिबुढी नष्ट भएको बताइन् । अहिले वन जोगाउन जनचेतना सिप पनि चाहिएको छ । अग्नी नियन्त्रणमा लाग्नेहरुको सुरक्षामा प्रदेश सरकारले के गर्दा होला आफ्नो समितिमा समेत सल्लाह गर्ने बताइन् ।

आ–आफ्नो स्थानबाट विपदबाट बच्न ध्यान दिनु जरुरी छ–प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ
बागमती प्रदेशसभाका सदस्य लक्ष्मी श्रेष्ठले सबैले आ–आफ्नो स्थानबाट विपदबाट बच्न ध्यान दिनु पर्ने बताइन् । अहिले बागमती प्रदेश र मकवानपुर जिल्लामा समेत विपद्का घटना धेरै भएकाले यसको पूर्व तयारीमा लाग्न सरकारले ध्यान दिनुपर्ने बताइन् ।
कार्यक्रममा मागमती प्रदेशसभाका सदस्य विन्दु श्रेष्ठ, सकुन्तला श्रेष्ठ, बालकुमारी विश्वकर्मा, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान, निबर्तमान अध्यक्ष विदुर हुमागाई, वडा नम्बर–६ का अध्यक्ष कृष्ण बजगाईले बिपद्बाट हुने जोखिम नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताए । कार्यक्रम जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको हो ।