हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.८ गुरुङटोलमा बदेलले आक्रमण गर्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय २४ बर्षीय सौगात गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो सिम्पानी देवकोट सामुदायिक वनमा बाख्रा चराउन गएको बेला गुरुङलाई बदेलले आक्रमण गरेको हो । खुट्टामा चोट लागेको उनको चितवनस्थित मनकामना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।