हेटौंडा – हेटौंडा उपमहानगरपालिका-४, नेपालचोकमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.१३ पदमपोखरीमा बस्ने ४१ बर्षीय सविन दुलाल रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार युवराज बिडारीको घरमा दुई तलामाथि जस्ता लगाउने क्रममा काम गरिरहेका मिस्त्री दुलाल लडेर गम्भीर घाइते भएका थिए । उनको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लाग्यो। तत्काल उपचारको लागि घरधनीले उनलाई हेटौंडा अस्पताल पुर्याएका थिए।
तर, गम्भीर चोटका कारण थप उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै राक्सिराङ गाउँपालिका–५, धादेचुरीमा स्थानीय ३४ बर्षीया राममाया प्रजा आफ्नै घर नजिकैको टायलटमा जान खोज्दा चिप्लिएर लडेकी छन्। टाउकोमा मध्यम चोट लागेको राममायालाई उनका ससुरा अम्मर बहादुर प्रजाले मनहरी अस्पताल, मनहरी पुर्याएका छन्। उपचार भइरहेको राममायाको अवस्था सामान्य रहेको बताइएको छ।