मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट गएराति अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका–११ बज्रबाराही बस्ने २५ वर्षीय सबिन गुरुङ रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.८ ख ७५०४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई राखेको करिब ८० किलोग्राम सहित फेला पारी चालक गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।