प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा करेन्ट लागेर स्याङ्तानको मृत्यु

२०८१ असार २७, बुधबार ०८:०९ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.८ ईपाखहरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बर्ष ३७ को दिक्पाल स्याङ्तान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय राम बहादुर घिसिङको बारीमा रहेको बिजुलीको पोलमा करेन्टमा करेन्ट लागेर मृत्यु भएको हो । घटनाको मुचुल्का संकलन गरी शव पोष्टमाटमका लागि हेटौंडा अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।