प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मनहरीमा बिरेन्द्र डिसी सहित ५० जना एमाले प्रवेश

२०७९ कार्तिक २८, सोमबार १५:०६ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ५० जना एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले मनहरी गाउँ कमिटीको आयोजनामा मनहरी गाउँपालिका–७ मनहरी बजारमा भएको कार्यक्रममा बिरेन्द्र डिसी, को नेतृत्वमा ५० जना एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेमा मनहरी–३ हाँडिखोलाका नेपाली काग्रेस वडा उपसभापति मनोज अधिकारी पनि रहेका छन् । उनिहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर राना, एमाले नेता डोरमणि पौडेल, निर्वाचन परिचालन कमिटी संयोजक अनन्त पौडेल लगायतले पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा समानुपातिक उमेदवार तथा बागमती प्रदेश कमिटी सदस्य बलराम बल, प्रदेश कमिटी सदस्य हरीबहादुर महत, श्रीधर पोख्रेल, स्याम ढकाल, देबराज रिमाल, एमाले मनहरीका अध्यक्ष नविन सुवेदी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम एमाले मनहरी गाउँ कमिटी उपसचिव पुस्कर सुवेदीले सञ्चालन गरेका थिए ।