हेटौंडा – मकवानपुरको थाहा नगरपालिका–८, चौतराबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् भने एक जना फरार रहेका छन् ।
लागुऔषध गाँजाको धुलो विक्रि वितरण संलग्न रहेका ५७ वर्षीय लाल बहादुर घलान पक्राउ गरिएको र ५३ वर्षीय शेर बहादुर घलान फरार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोलीले घलान द्वयको घर खानतलासी गर्दा १०८ किलोग्राम लागुऔषध गाँजा फेला परेको हो ।
प्रहरीका अनुसार लाल बहादुरको घरबाट ४५ किलोग्राम र शेर बहादुरको घरबाट लागुऔषध गाँजाको धुलो ६३ किलोग्राम बरामद गरिएको छ । फरार शेर बहादुरको खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।