प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा दुई दिन विद्यालय बन्द

२०८१ जेठ ३०, बुधबार २०:०४ बजे

हेटौंडा – अत्यधिक गर्मी बढेर जनजीवन नै अस्तव्यस्त भएपछि हेटौंडा उपमहानगरपालिका शिक्षण संस्थाहरूमा दुई दिनका लागि विदा दिएको छ ।

बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै अनुरोध आएपछि हेटौंडा उपमहानगरपालिकाले जेठ ३१ र ३२ गते सामुदायिक र संस्थागत विद्यालयहरू बन्द रहने निर्णय गरेको हो ।

बुधबार हेटौंडा उपमहानगरपालिकाका शिक्षा निर्देशक सीताराम कोइरालाले सूचना जारी गर्दै अत्याधिक गर्मीका कारण विद्यार्थी विरामी परेको तथा पठनपाठनमा असहजता भएकाले केही समय विद्यालय बन्द गर्न जनप्रतिनिधि, विद्यालय तथा अभिभावकबाट अनुरोध आएपछि बर्षे विदाबाट कट्टी हुने गरी भोली ३१ र ३२ गते विद्यालय बन्द रहने जानकारी दिएका छन् ।