प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राष्ट्रपति शौक्षिक सुधार कार्यक्रमका लागि मकवानपुरका १७ विद्यालय छनोट(नामसहित)

२०७९ भाद्र ३१, शुक्रबार १०:४७ बजे

हेटौंडा – राष्ट्रपति शौक्षिक सुधार कार्यक्रमका लागि आर्थिक बर्ष २०७९/०८० मा छनोट भएका विद्यालयका बिवरणमा सार्वजनिक भएको छ । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले सार्वजनिक गरेको बिवरणमा मकवानपुरका १७ वटा विद्यालय छनौटमा परेका छन् ।

छनौट भएका मध्ये १४ वटा विद्यालयले सुचना प्रविधि प्रयोगशाला(आईसिटी) निर्माण गर्न ६ लाख ५० हजारका दरले अनुदान प्राप्त गर्ने भएका छन् । त्यस्तै ३ वटा विद्यालयले चार कोठे भवन निर्माणको लागि ४५ लाखका दरले अनुदान प्राप्त गर्ने भएका छन् ।

कुन–कुन विद्यालय छनौटमा परे ?
सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाको चार वटा विद्यालय छनौटमा परेका छन् । छनौटमा राजदेवी माध्यमिक, त्रिभुवन माध्यमिक, अरनिको आधारभुत, शंकरज्योती आधारभुत र आधारभूत विद्यालय कमाने भोर्ले परेका छन् ।

त्यस्तै राक्सिराङको कालिका र देविका आधारभूत, बकैयाको जनक माध्यमिक र बाघभैरव आधारभुत, मकवानपुरगढीको रानिसेरा र चडिण्का माध्यमिक , बागमतीको विष्णु र चौरा आधारभुत, मनहरीको जन ज्योती आधारभुत र जनजिवन ज्योती माध्यमिक, इन्द्रसरोबरको बत्सलादेवि माध्यमिक, भिमफेदीको बाराही माध्यमिक विद्यालय छनौट भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले सार्वजनिक गरेको पुरा विवरण