प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

राक्सिराङ गाउँपालिकाले स्थानीयको घरघरमा अर्थिङ जडान गर्दै

२०८० बैशाख १५, शुक्रबार १२:४२ बजे

हेटौंडा – मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले स्थानीयको सुरक्षाका लागि स्थानीयको घरघरमा चट्याङ निरोधक यन्त्र ‘अर्थिङ’ जडान गर्ने भएको छ । चट्याङको उच्च जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले अनुदानमा चट्याङ(इलेक्ट्रिक चार्ज) निरोधक यन्त्र जडान गर्न लागेको हो ।

प्रतिपरिवार अर्थिङ गर्न १२ हजार रुपैयाँ लाग्छ । जसमा गाउँपालिकाले प्रतिपरिवार ५ हजार रुपैयाँ अनुदान उपलब्ध गराउनेछ भने बाँकी ७ हजार रुपैयाँ निवेदकले नै बेहोर्नुपर्नेछ । तोकिएकै रकमबाट लाभग्राहीहरुलाई १ लाख रुपैयाँ बराबरको प्राकृतिक प्रकोपजन्य दूर्घटना बिमासमेत गराइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले विपद व्यवस्थापनको लागि छुट्याएको ५० लाख रुपैयाँ बजेटमध्येबाट चट्याङ निरोधक यन्त्र जडानमा अनुदान दिन लागिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । यन्त्र जडानपश्चात १० वर्षसम्म मर्मत सम्भारको काम आपूर्तिकर्ता कम्पनीले नै गर्नेगरी सम्झौता गरिएको मल्लले बताए ।

यन्त्र जडानका लागि पालिकाले गत चैत १२ गते सूचना जारी गरेको थियो । हालसम्म एक सय ८२ परिवारले यन्त्र जडानको लागि निवेदन दिएको बताईएको छ । गाउँ विपद व्यवस्थापन समितिको बैठकबाट लाभग्राही छनौट गरी कार्यान्वयनमा जाने र यस कार्यक्रमलाई निरन्तरता दिदै लगाजने पनि गाउँपालिकाले जनाएको छ ।

राक्सिराङ मकवानपुरको चट्याङको उच्च जोखिम क्षेत्र हो । त्यहाँ चट्याङका कारण बर्षेनी जनधनको क्षति हुने गरेको छ । गाउँपालिकाले अनुदानमा चट्याङ निरोधक यन्त्र जडान गर्ने कार्यक्रम ल्याएसंगै त्यहाँ स्थानीयहरु खुशि भएका छन् ।

के हो अर्थिङ ?

विधुतको प्रयोग गर्दा करेन्ट नलागोस भनि अपनाएको एक प्रक्रियालाई अर्थिङ भनिन्छ । अर्थिङ कुनै पनि विधुतीय सामानको वडीमा लगाईएको हुन्छ। यदि कुनै पनि विधुतीय सामान बिग्रिएर या कुनै किसिमबाट सामानको वडीमा करेन्ट बहेमा उक्त करेन्ट सिधै जमिन तिर जाने गरि मिलाईएको प्रक्रियालाई नै अर्थिङ भनिन्छ । कुनै पनि विधुतीय सामानको तारमा भएको तिन वटा पिन मध्ये जुन तेस्रो पिन अर्थिङमा लगाईएको पिन हो । जुन सिधै जमिनसंग जोडिएको हुन्छ ।

अर्थिङ गर्दा जमिनमा ५,६ फित जति गहिरो खाडल बनाईनछ । उक्त खाडलमा तामाको प्लेट रखि प्लेटसंग राम्ररी जोडिने गरि रड राख्ने या कस्ने , त्यस पछी कोइला र नुन राखिन्छ (नुन र कोइला राख्नाले अर्थिंग प्लेटलाई चिसो वा ओसिलो बनाई राख्छ र अर्थिङ ले राम्रोसँग काम गरि रहने हुन्छ)। रडमा राम्रो संग अर्थिङ तार जोडी घरमा प्रयोग गरिने बत्तीको मेन पावेर बक्समा लैजाने र अर्थिङको लाईनमा जडान गरिदिने । ‘अर्थिङ’ले बिजुली चम्किँदा निस्केको करेन्ट र घरको करेन्ट जोडिन दिँदैन। जसले गर्दा घर सुरक्षित हुन्छ।