प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा मोटरसाइकल दुर्घटना, स्याङबो गम्भीर घाइते

२०८० फाल्गुन १४, सोमबार १०:१३ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.९ खरङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक राक्सिराङ गाउँपालिका वडा नं.१ भावर बस्ने २३ बर्षीय सोमलाल स्याङबो रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार मनहरीबाट सानो भावरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प ६४५५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा स्याङबो घाइते भएका थिए । उनको मनहरी अस्पताल ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि भरतपुरतर्फ पठाएको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्वीर