प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा खानेपानी बोर्डमा कर्मचारी भर्नामा अनियमितता भएको गुनासो, रास्वपा नेता–कार्यकताद्वारा सुचना माग

२०८० असार १२, मंगलबार ०८:२० बजे

हेटौंडा – हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा बेथिति र अनिमियता रहेको गुनासाहरु प्राप्त भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकताहरु बास्तविक जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ । मंगलबार रास्वपा मकवानपुरका संगठन विभाग प्रमुख विशाल राज महतको नेतृत्वमा पुगेको टोलीले लिखित रुपमा ४ वटा शिर्षक बास्तबिक जानकारी(सुचना) माग गरेको हो ।

बोर्डमा राजनीतिक पहुँचको आधारमा बिना प्रकिया कर्मचारीको भर्ना, बढुवा र शाखा प्रमुख जस्तो जिम्मेवार पदमा समेत पहुँकै आधारमा नियुक्त दिईएको गुनासो आएकाले सत्यतत्थ्य बुझ्न सुचना माग गरिएको रास्वपा मकवानपुरका संगठन विभाग प्रमुख महतले बताए ।  “गुनासोकै आधारमा आरोप लगाउनु भन्दा बास्तविकता के हो ? बुझ्न कानुन बमोजिम सुचना माग गरेका हौँ,” महतले भने ।

सुचना माग पत्र