प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा एम्बुलेन्स दुर्घटना, चालक लामाको अवस्था गम्भीर

२०८० चैत्र १३, मंगलबार १९:३३ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.७ मा बिरामी पु¥याएर फर्किदै गरेको एम्बुलेन्स दुर्घटना भएको छ ।

मकवानपुरगढी–७ नर्सिङडाडास्थित भित्रि सडक खण्डमा सुकौराबाट नर्सिङ डाडातर्फ बिरामी पु¥याएर फर्किने क्रममा बा.प्र.०१–००३ झ ५८०६ नम्बरको एम्बुलेन्स मंगलबार साँझ ५ बजेर ३० मिनेटको समयमा आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी एम्बुलेन्स चालक मकवानपुरगढी–७ बस्ने बर्षको ३६ बर्षीय पेमा रत्न लामाको टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको छ । उनको उद्धार गरी उपचारको लागि हेटौंडा सहकारी अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

उनको अवस्था गम्भीर रहेको बताईएको छ । सुकौरा स्वस्थ्य चौकीद्वारा संचालित उक्त एम्बुलेन्स सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।