धादिङ – धादिङस्थित गजुरी गाउँपालिका–२ मा बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ।
दुर्घटनास्थलमा परेकामध्ये २४ जनाको उद्धार गरिएको छ। उनीहरूमध्ये १६ जना घाइते छन्। घाइतेको गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको बताईएको छ ।
उद्धार कार्यमा नेपाल प्रहरी, गोताखोरसहितको सशस्त्र प्रहरी र स्थानीयहरु खटिएका छन् ।काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।