प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सिडिओको आदेशमा प्रशासन कार्यालयमा अनुमति बिना फोटो भिडियो खिच्न प्रतिबन्ध

२०८२ असार १९, बिहीबार १९:२३ बजे

हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालय परिसर र प्रशासन प्रमुखको कार्यकक्षमा फोटो भिडियो खिच्न रोक लगाएकी छन्।

मकवानपुरकी प्रमुख जिल्ला अधिकारी श्रेष्ठले यो निर्णय गरेकी हुन्। उनले सूचनानै टास गरी अनुमति बिना फोटो, भिडियो खिच्न मनाही छ भनेकी हुन्।

सो प्रतिबन्धको पर्चा कार्यालयको भित्तामा टास गरेकी छिन्। यो नियम पत्रकारलाई समेत रहेको स्पष्ट पारेकी छिन्।

पत्रकारलाई फोटो र भिडियो खिच्न रोक लगाइएको विषयमा ध्यानाकर्षण गर्न गएको पत्रकार महासंघ मकवानपुरको टोलीलाई मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले अनुमति बिना प्रशासनको कुनै पनि गतिविधि खिच्न रोक लगाइएको जवाफ दिएकी हुन ।

उनले भिडियो र फोटो खिच्दा कार्यालयको सेवा प्रवाहमा समस्या आउन सक्ने भएकोले मैले नोटिस नै टाँसेर यो विषयमा अनुमति लिनुपर्ने भनेको छु ।’

प्रजिअ श्रेष्ठले पत्रकारको टोलीलाई स्पष्ट पारेकी छिन्।गत असार ६ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई प्रजिअ श्रेष्ठले भिडियो खिच्न रोक लगाएकी थिइन् ।

सो विषयमा पत्रकार महासंघको जिल्लादेखि केन्द्रीय समितिसमेतले विज्ञप्तिमार्फत फोटो भिडियो खिच्न रोक लगाइनु प्रेस स्वतन्त्रताको हनन् भएको भन्दै विरोध जनाएको थियो ।

महासंघ मकवानपुरको असार १२ गते बसेको बैठकले प्रशासनमा फोटो भिडियो खिच्न रोक लगाएको विषयमा खेद प्रकट गर्ने निर्णय गरेको थियो । प्रजिअ श्रेष्ठ हेटौंडा १६ निवासी हुन्। उनको यो गृह जिल्ला समेत हो।