प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

२०७९ आश्विन ३०, आईतबार ०८:३१ बजे

काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने भएको छ ।

जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने बताए ।

यद्यपि सरकारले निर्णय गरिसकेको छैन । पत्रकारहरुसँगको कुराकानीमा मन्त्री श्रेष्ठले आफूले एक दिन विदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताए ।

जोशीको पार्थिव शरीरलाई अहिले ललितपुर महानगरको प्रांगणमै राखिएको छ । आज अपराह्न ४ बजेसम्म जोशीको पार्थिव शरीर त्यहाँ राखिनेछ । त्यसपछि ग्वार्कोस्थित किस्ट मेडिकल कलेजको जिम्मा लगाइने बताइएको छ ।