हेटौंडा – प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको फाइनल खेल आज हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा दिउँसो २ बजे मकवानपुर र ललितपुरबीच फाइनल खेल हुन लागेको हो।
यसअघि शुक्रबार भएको दोस्रो समिफाइनल खेलमा मकवानपुरले दोलखालाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने पहिलो खेलमा ललितपुरले धादिङलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगितामा पुरुष फुटबलतर्फ प्रदेशका १३ जिल्लाको सहभागिता रहेको थियो ।