हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।
हेटौंडा -१६ गौरीटार रंगशाला स्थित गाईगोठमा हारजित हुनेगरी जुवा खेलिरहेको सूचनाका आधारमा नगद सहित पाँच जना जुवाडेलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।
मंलबार दिउँसो गौरीटार रंगशाला स्थित दामोदर चौलागाईंको गाईगोठमा जुवा तास खेली, खेलाई रहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलीले नगद ८१ हजार ३९० सहित पाँच जनालाई नियन्त्रण लिइएको हो ।
पक्राउ परेका पाँचै जनालाई जुवा सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।