प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा दुई सवारी एक आपसमा ठोक्कियो

२०८० भाद्र १६, शनिबार ०४:०८ बजे

हेटौंडा – पूर्वपश्चिम रागमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं.९ मा दुई मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना भएको छ ।वीरगञ्जबाट हेटौंडा जादै गरेको म.प्र.०३०२८ प ९३९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्र.३ ०३००१ प ६२५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

कार्यालयका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा मधेस प्रदेश ०३०२८ प ९३९ नम्बरको मोटरसाइकल चालक रौतहट बृन्दाबन नगरपालिका–९ बस्ने २० बर्षीय अमिर महमद, सोही मोटरसाइकलमा सवार २३ बर्षीय यासि अर्फाद र प्रदेश ३ ०३ ००१ प ६२५६ नम्बरको मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१३ बनस्पति बस्ने ६६ बर्षीय खड्क बहादुर मोक्तान रहेका छन् ।

घाइते तीनै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।