प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा ६ मा पुर्ण खोप र पुर्ण सस्थागत सुत्केरी सुनिश्चितता

२०७९ चैत्र १, बुधबार १४:५९ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका–६ पुर्ण खोप र पुर्ण सस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा भएको छ । बुधबार एक कार्यक्रम आयोजना गरी हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले वडालाई पुर्ण खोप र पुर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरेकी हुन् ।

संघीय सरकारले थालेको पुर्ण खोप सुनिश्चितता गर्ने अभियान अन्तरगत उपमहानगरको पहिलो वडाको रुपमा हेटौंडा–६ लाई पुर्ण खोप र पुर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरेको हो ।

नगरप्रमुख लामाले ‘१८ देखी २३ महिनाका बालबालिकाले २ वर्ष उमेर भित्र पुर्ण खोप पाएको तथा वडाका सबै गर्भवतिहरु स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएको सुनिश्चित गरिएको हुँदा’ यसलाई भविष्यमा पनि कायम राख्ने प्रतिवद्धता पत्रमा हस्ताक्षण गरेकी थिइन् ।

घोषणाका लागि स्वास्थ्य चौकीले वडामा रहेका ८८ बालिबालिकालाई पुर्ण खोप दिएको, १०२ जना गर्भवतीले स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको जानकारी कार्यक्रममा दिइएको थियो । घोषणासँगै वडामा २३ वटा टोल विकास संस्थाको घर घरमा पुगेर स्वास्थ्य परिक्षण गर्ने अभियानको पनि सुरुवात भएको हेटौंडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालले जानकारी दिए ।

कार्यक्रममा हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपक तिवारी लगायतको उपस्थित रहेको थियो ।