प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा कुटपिटबाट एक गम्भीर घाइते, एक जना पक्राउ

२०८१ आश्विन २७, आईतबार १८:०८ बजे

हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिका वडा नं.३ कटुन्जेमा कुटपिट हुँदा एक जना घाइते भएका छन् । बामगती प्रदेश प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय बर्ष २५ को सोमलाल प्रजाको कुटपिटबाट बर्ष ४५ को तिर्थ बहादुर भुजेल गम्भीर घाइते भएका हुन् ।

प्रजाले माधक पदार्थ सेवन गरी विना कारण भुजेललाई कुटपिट गरी घाईते बनाएको प्रहरीले जनाएको छ । घाइते भुजलको उपचारको लागि चुरेहिल अस्पताल ल्याएकोमा अबस्था गम्भिर भएपछि काठमाण्डौस्थित ट«मा सेन्टरमा लगिएको छ ।

उनको टाउको र आँखामा भित्री चोट रहेको छ । प्रहरीका अनुसार घाइतेको उपचारमा भतिज सुरेस भुजेल संलग्न रहेको छ । कुटपिटमा संलग्न प्रजालाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।