प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नवौं राष्ट्रिय खेलकुद: पदक तालिकाको पहिलो स्थानमा, बागमती प्रदेश दोस्रो

२०७९ आश्विन २८, शुक्रबार ०६:५३ बजे

काठमाडौं – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फेन्सिङको पुरुष टिम ईपीमा आर्मीले स्वर्ण पदक जितेको छ ।

पोखरा रंगशालामा शुक्रबार भएको फाइनलमा एपीएफलाई ४५–२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो । यससंगै नेपाली सेनाले समग्रमा ५ स्वर्ण पदक जित्न सफल भएको छ ।

एपिएफले रजत पदक जित्दा गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदकमा चित्त बुझाए । फेन्सिङतर्फ ६ खेल व्यक्तिगत र ६ खेल टिम इभेन्टका भएका थिए ।

पदक तालिकामा आर्मी ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक सहित पहिलो स्थानमा छ । बागमतीले ४ स्वर्ण, ३ रजत १ कास्यसहित ८ पदक प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै शसस्त्र प्रहरी २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेश १ स्वर्ण २ कास्यसहित ३ पदक जितेको छ ।

त्यसैगरी गण्डकी प्रदेशले ४ कास्य पदक जित्दै पाँचौ स्थानमा छ । प्रदेश १ ले ३ तीन कास्य पदक प्राप्त गरेका छ ।