प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका मोक्तान र बोम्जन प्रहरीको फन्दामा

२०८० कार्तिक १७, शुक्रबार १७:४१ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ शिखरपानी दमार टोलबाट बुधबार लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१५ बस्ने २५ बर्षीय राज कुमार मोक्तान र हेटौंडा उपमहानगरपालिका–१६ बस्ने १९ बर्षीय रन्जन बोम्जन रहेका छन् ।

लागुऔषध बेचबिखन भईरहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोली उनीहरुलाई विभिन्न प्रकारका लागुऔषध सहित पक्राउ गरेको हो । मोक्तानको साथबाट गाँजा ११ वटा पोकामा ३०० ग्राम, ट्रमाडोल ११ वटा पतामा ९७ ट्याब्लेट र एनार्गन २५ लेखेको ५ पतामा ४२ ट्याब्लेट र बोम्जनको साथबाट गाँजा ४ वटा पोकामा ७० ग्राम फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।