हेटौंडा – मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । गठबन्धनबाट कांग्रेसकी उम्मेद्वार महालक्ष्मी उपाध्यय ‘डिना’ले ५ हजार २४७ मत सहित अग्रता कायम राखेकी छिन् ।
त्यस्तै मकवानपुर क्षेत्र नं.२ मा नेकपा एमालेका उम्मेदवार महेश कुमार वर्तौलाले अग्रता बनाएका छन् । उनले ४ हजार ८५४ मत प्राप्त गर्दा उनका निकटत्म प्रतिद्वन्दी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले ४ हजार ४४३ मत प्राप्त गरेका छन् ।
मकवानपुर क्षेत्र नं.१
महालक्ष्मी उपाध्याय (रुख)५ हजार २४७
कमल थापा (सूर्य) ३ हजार ६९५
दिपक सिंह (हलो) १ हजार १०
मकवानपुर क्षेत्र नं.२
महेश कुमार वर्तौला ४८५४
विरोध खतिवडा ४४४३
भरत पराजुली ११८७