प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा स्कारपियो चालकलाई सोधपुछ गर्दा स्कुटर चालक फरार...

२०७९ आश्विन २६, बुधबार ०७:५७ बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१ बाट नियन्त्रित लागूऔषध वनरेक्स सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१ चौकीटोल बस्ने १९ वर्षीय निकेश पुडासैनी र सर्लाही बरहथवा नगरपालिका–१६ बस्ने २६ वर्षीय पप्पु कुमार कुशहवा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार सर्लाहीबाट आएको बा.१८ च ६६०६ नम्बरको स्कारपियोबाट सामान झार्दै गरेको अवस्थामा प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले सोधपुछ गर्दा गाडीसंगै प्रदेश ३–०२–००६ प ८०४१ नम्बरको स्कुटर रोकेर राखेको थियो ।

उक्त स्कुटरमा बसेका व्यक्ति भागेपछि शंका लागि जाँच गर्दा लुकाएर राखेको वनरेक्स १ सय ५८ बोतल लागूऔषध फेला पारी स्कारपियो चालक पप्प कुमार र पुडासैनीलाई पक्राउ गरिएको कार्कीले बताए । हाल फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको उनले बताएका छन् ।

फाइनल तस्बिर