काठमाडौं – नेपालमा थप १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ३१२६ नमूनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार १ जार ८ सय ५ नमूनाको पीसीआर र १ हजार ३२१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट १४४ र एन्टिजेन विधिबाट ३३ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, आज थप ४१ संक्रमित निको भएका छन्। योसहित हाल नेपालमा ९ लाख ६७ हजार ७ सय ६५ जना कोरोनामुक्त भएका छन्। हाल नेपालमा ८ सय ७३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । ११ जनाको आईसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।