प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडिन, भनिन् ‘भावनात्मक असरप्रति क्षमाप्रार्थी छु’

२०७९ श्रावण २०, शुक्रबार ११:५२ बजे

हेटौंडा – गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । उनले आफ्नो फेसबुकबाट बराइलीसँग इन्गेजमेन्ट तोड्ने निर्णय गरेको जानकारी दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत आफुहरुवीच वैचारिक पक्षमा मतभेत र विचार नमिलेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको जानकारी दिएकी छन् । गायिका राईले म्युजिक एरेन्जर बराइलीसँग केही समय अगाडी सामाजिक संजालमार्फत नै इन्गेजमेन्ट घोषणा गरेकी थिइन् ।

‘आजकै मितिबाट हामी बिचको इन्गेजमेन्ट तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु,’ उनले शुभचिन्तकहरुलाई माफि माग्दै लेखेकी छन्, ‘यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु ।’

यस्तो छ गायिक मेलिना राईको फेसबुक स्टाटस 

बिषय - इन्गेजमेन्ट तोडिएको जानकारी !
केही समय अगाडी मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।
फेरि सबै इन्गेजमेन्टहरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको इन्गेजमेन्ट तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।