हेटौंडा – राप्ती नदीमा माछा मार्न गएका युवकको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने राप्ती नदीमा सोमबार दिउँसो सवा ३ बजेतिर बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ कोटेनी बस्ने २६ वर्षीय आशबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।
चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने राप्ती नदीमा बोटेलाई बाघले आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता पण्डितले जानकारी दिए।