हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० र ४ को सिमानामा बुधबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । बैंकरोडमा ना ५४ प ५८ र बा.प्र.०३००५प ७१३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जना घाइते भएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
घाइते हुनेहरुमा ना ५४ प ५८ नम्बरको चालक हेटौंडा उपमहानगरपालिका–१२ आलदमार बस्ने २८ बर्षीय सुदिप सुबेदी, पछाडी सवार हेटौंडा–११ सरस्वतिटोल बस्ने अन्दाजी २२ बर्षीया आकृति बिडारी र बा.प्र.०३००५प ७१३७ नम्बरको मोटरसाइकल चालक मनहरी गाउँपालिका–७ बिजौना बस्ने २८ बर्षीय नवराज लामा रहेका छन् ।
प्रहरीका अनुसार घाइते तीनै जनाको स्वास्थ्य अवस्थामा सामान्य रहेको छ । उनीहरुमध्ये सुबेदीको सञ्चो अस्पताल र बाँकी दुई जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।