हेटौंडा – मकवानपुरमा दुई घर जलेर नष्ट भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.१६ आकासधारामा स्थानीय शेर बहादुर गोलेको जस्ताले छाएको एक तले घर जलेर नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
अचानक बिजुलीको तार सर्ट भएर आगलागी हुँदा घर भित्र रहेको अन्नपात, लत्ताकपडा भाडा बर्तन, नगद रु १ लाख गरी ८ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै बकैया गाउँपालिका वडा नं.१ विजुलडाँडामा स्थानीय बल बहादुर मोक्तानको एक तले जस्ताको छानो भएको कच्चि घरमा र खरले छाएको कच्चि गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।