प्रहर खबर
 २०८३ श्रावण ६, बुधवार    

मकवानपुरमा हुने अपराध न्यूनीकरण गछौँ: एसपी गौतम

२०७९ श्रावण १३, शुक्रबार १२:५८ बजे

हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक(एसपी) बामदेव गौतमले जिल्लामा हुने गरेका अपराध न्यूनीकरणमा कुनैपनि कसर बाँकी नराख्ने बताए। शुक्रबार मकवानपुरका संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गर्दै उनले मकवानपुरलाई स्वच्छ, स्वस्थ र अपराध न्यूनीकरण गरिने बताए ।

यस जिल्ला लागूऔषध ओसार पसारका लागि केन्द्रनै बनेकाले यसको न्यूनिकरणका लागि लागिपर्ने बताए। लागूऔषध सेवनगर्नेहरु र ओसारपसार गर्नेहरु धेरै रहेको बताए ।

अहिले पछील्लो समयमा चेक अनादरका मुद्धाहरु धेरैनै आउने गरेको उनले बताए । प्रहरीमा लागूऔषधका मुद्धाहरु धेरैनै रहेको बताए। पछील्लो समयमा साइबरक्राइमका मुद्धाहरु धेरैनै बढेको उनले बताए ।